तामाङ समुदायको धर्म संस्कृतिमाथी हस्ताक्षेप गरेको भन्दै चौतर्फी विरोध

असार १८, काठमाडौँ । तामाङ समुदायको मौलिक धर्म संस्कृतिमाथी क्रिश्चियन समूहले हस्ताक्षेप गरेको भन्दै चौतर्फी विरोध गरेका छन् ।डम्फुको  स्वारुप  बिगार्ने र अर्थलाई फरक तरिकाले व्याख्या गर्दै अस्तित्वमाथी प्रहार गरेको भेटिएपछि तामाङ बुद्धिजीवि तथा साँस्कृतिक अभियान्ताहरु त्यसको विरोधमा उत्रिएका छन् ।

तामाङ समुदायको पहिचान डम्फु, तामाङ सेलो, भाका, भेषभूषा लगायत प्रयोग गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै आक्रोशित बनेका छन् । पछिल्लो समयमा तामाङ समुदायको भाषा, भेषभुषा र मौलिकता सहितको पहिचान प्रदान गर्ने डम्फूको दूरूपयोग गर्दै आएपछि सामाजिक सञ्जालमा तामाङ समुदाय कुर्लिएका छन् । तामाङ शैली र पहिचानलाई पछ्याउदै धर्मको प्रचार नगर्न कलाकार, पत्रकार तथा संस्कृति अभियान्ताहरु लागेका छन् ।

बौद्ध धर्मलम्बीको संख्या निरन्तर घट्दै जानु अस्तित्वमाथि खतरा

पुरख्यौली मौलिक धर्म, संस्कृति र रीतिरिवाजलाई ओझेलमा पार्ने चेष्ट गरेको भन्दै तामाङ संघसंस्थाहरूले समेत ध्यानाकर्षण गरेका छन् । राष्ट्रिय जनगणनामा बौद्ध धर्मलम्बीहरुको जनसंख्या घट्दै जानु यस्तै भ्रम फैलाउने तत्व, समूहले गर्दा भएको तामाङ समुदायका बुद्धिजीविहरु बताउँछन् । धर्मन्तारण गराउने मानशायले सोझा तामाङ समुदायलाई फसाउन खोज्ने समूहलाई चेतवानी दिएका छन् । सामाजिक सञ्जालको दूरूपयोग गर्दै क्रिश्चियन समूहले धर्मन्तारणमा लाग्न अभिप्रेरणा दिएको भन्दै बौद्धधर्मलम्बी र अन्य धर्मलम्बीहरुले समेत विरोध जनाइएको छ ।

May be a doodle of text

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.