आविष्कारलाई प्राथमिकता दिन माग गर्दै महावीर पुन प्रदर्शनमा

वैशाख १५, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन माइतीघर मण्डलामा धर्ना बसेका छन् ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै शुक्रबार बिहान माइतीघर मण्डलामा प्रदर्शनसहित उनी धर्नामा बसेका हुन् ।महावीरसँगै धर्नामा बसेका प्रदर्शनकारीहरुले ‘स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागिता’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका उनले सरकार गम्भीर नभएपछि आन्दोलनको घोषणा गरेका थिए ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.