नेपालमा खोजिएका अमृतपाल पञ्जाबबाट पक्राउ

वैशाख १०, काठमाडौं । ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख तथा खालिस्तान समर्थक अमृतपाल सिंह पक्राउ परेका छन । पञ्जाब पुलिसले आफ्नो ट्विटर ह्यान्डल मार्फत मार्च १८ देखि फरार रहेका सिंहलाई पञ्जाबाको मोगाबाट पक्राउ गरिएको जानकारी दिएको छ ।

प्रहरीले गत चैत १८ गतेदेखि अमृतपाल सिंहको खोजी गरिरहेको थियो । नेपालस्थित भारतीय दूतावासले उनी नेपालमा लुकेर बसेको दावी गरेको थियो । तर, नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो भने संघीय संसदमा समेत कुरा उठेको थियो । अमृतपाल सिंह विरुद्ध एनएसए सहित १६ मुद्दा दर्ता गरिएको छ ।

उनी र उनका सहयोगीविरुद्ध समाजमा दुस्मनी फैलाउने, ज्यान मार्ने उद्योग, प्रहरीमाथि हातपात र सरकारी कर्मचारीको काममा अवरोध गरेको आरोप लागेको छ । फरार हुँदा अमृतपाल सिंहको भेषमा कथित रूपमा धेरै शहरहरूमा घुम्ने तस्विर र भिडियोहरू मिडिया मार्फत बाहिर आएका थिए ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.