माई खोला हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

वैशाख ८, काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओमा आजदेखि आवेदन दिन सकिने छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरूलाई आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले जारीपुँजी ३९ करोड २९ लाख ५६ हजार रुपैयाँको ३९ प्रतिशतले हुन आउने १५ करोड २९ लाख रुपैयाँ बराबरको १५ लाख २९ हजार ४११ कित्ता सेयर आईपीओ निष्कासनका लागि छुट्याएको थियो । सोमध्ये सर्वसाधारणलाई १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले जारी गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । सो आईपीओमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिभित्र मागअनुसार आवेदन नपरेमा आवेदन दिन माउने अवधि वैशाख २४ गतेसम्म लम्बिने बताइएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरको वेबसाइटमार्फत पनि आवेदन दिन सकिने छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले सञ्चालन गरिरहेको तीन मेगावाटको सुपरमाई क्यासकेड जलविद्युत् आयोजनाको निर्माण गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.