सप्तरङ्गी बनीदिन्छु !!

बालक हुँ फूलजस्तै फुल्न सिकाइदेऊ
फूलजस्तै फक्रिएर झुल्न सिकाईदेऊ
कलम छ मेरो हातमा कपी मेरोसाथमा
साथीभाइसङ्ग खेल्छु रमाइलो भेटमा ।।

झुटो बोल्न मैले कैल्यै जानेको त छैन
जता गयो उतै भुल्ने बानी मेरो हैन
आँखाको त्यो नानी बन्दै घुमीदिन्छु सरा
जस्ले दिए ज्ञान यहाँ उही लाग्छन् प्यारा ।।

गाउँ बेसी सहरमा मेरा राम्रा घर
जात जाति भाषा भेष मेरो यौटै थर
भेदभाव ममा छैन मिल्छु सवैसित
चौतारीमा बसी साथी गाएँ आफ्नै गीत ।।

पाखामा त्यो लालीगुराँस हिमालमा डाफे
चन्द्रसूर्य झण्डा हेर्दै नाँच्छन् यहाँ लाखे
प्यारो लाग्छ यहाँ आमा इन्द्रेनीको चित्र
सप्तरङ्गी बनीदिन्छु मेरै देशभित्र ।।

प्रद्युम्न पौडेल कक्षा–१०
ज्ञानदीप शिक्षा सदन

(सहकार्य मासिकमा प्रकाशित रचना)

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.