कालो कर्तुत छोप्न मिडियाविरुद्ध आनी भिमसुवा गुरुङको उजुरी

चैत २०, काठमाडौँ । आनीको भेषमा  धार्मिक व्यक्तिको हावाला दिदै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोप लागेकी भिम सुवा गुरुङले आफ्नो कालो कर्तुत छोप्नका लागि  प्रारम्भ खबरमाथी काठमाडौं  जिल्ला अदालतमा उजुरी दिएकी छन् ।

आफ्नो कालो कर्तुत र गलत गतिविधि बाहिर आउने डरले गुरुङले प्रारम्भ खबर र सम्पादकमाथी प्रतिवादी बनाएर जिल्ला अदालतमा उजुरी दिएकी हुन् । गत मंसिर २५ गते भिमसुवा गुरुङबाट पीडित त्वानाबासु कन्स्ट्रक्सन प्रा.लि सञ्चालक केशव त्वानाबासुको भनाईलाई उदृत गर्दै ‘धर्म र राजनीतिको आडमा आनीको ठगी धन्दा’ शीर्षमा प्रकाशित समाचारलाई लिएर उनले मिडियामाथी प्रश्न गरेकी छिन् । समाचारपछि उनले आफ्नो बेइज्जत भएको भन्दै  खण्डन गर्नुको सट्ट समाचार लेख्न पाउने अधिकारलाई अवरोध पु¥याउने गलत मानशायले कानुनको दुरुपयोग गराउँदै जिल्ला अदालतमा उजुरी दिएकी छन् ।

आफु धार्मिक व्यक्ति र सामाजिक कार्य गर्दै आएकी बताउने गुरुङले पछिल्लो समयमा जापानको निको शहरमा स्तूप निर्माण गर्ने नाममा नेपालमा रहेका निर्माण कम्पनीहरुलाई काम दिने भन्दै अग्रिम रकम लिदै सम्पर्क विहिन भएकी आरोप छ । उनलाई सामाजिक संस्था गुरु रिम्पोछे ट्रष्टमार्फत नागरिकलाई प्रभावमा पारेर कारोवारको काममा लागेको आरोप  छ ।

प्रारम्भ खबरले कुनै व्यक्ति विशेष र एक पक्षिय भई समाचार प्रकाशन गरेको घटना हालसम्म छैन् । सञ्चार माध्यम आवाज विहिनहरुको आवाजलाई उजागार गर्दै न्याय स्थिपित गराउन सरोकारवालाहरुलाई खबरदारी गर्ने हो । पत्रकार र सञ्चार माध्यमले जहिले पनि आम नागरिक र सार्वजनिक चासोको विषयमा आवाज उठाउने र कलम चलाउने गर्दछ । प्रारम्भ खबरले पनि आफ्नो स्थापनाकालदेखि नै खोज, अनुसन्धान र पारदर्शी समाज निर्माणका लागि सत्य, तथ्यमा आधारित रहेर समाचार सम्प्रेसन गर्दै आईरहेको छ । सञ्चार माध्यम र पत्रकारले समाजमा भएको अनिमियतता, अपराधिक गतिविधि न्यूनिकरण गराउँदै आम नागरिकलाई सचेत गराउने कार्यमा क्रियशिल रहन्छ ।

कुनै पनि सामाजिक संस्था वा सार्वजनिक व्यक्तिप्रति मिडियाको चासो हुनु उसको दायित्व पनि हो । सार्वजनिक व्यक्तिले गरेको हरेक कामबारे निगारानी राख्ने र खबरदारी गर्दै सुधारतर्फ उन्मुख गराउनु मिडियाको कर्तव्य हो । ठगी, बलात्कार, चोरी, डकैंती जस्ता सामाजिक अपराध नियन्त्रणमा समेत मिडियाले अग्रणी भूमिका खेल्दै आएको छ । चित्ता नबुझे समाचारको खण्डन वा प्रेस विज्ञप्ति निकाल्ने अन्य उपायहरु हुँदाहुँदै समाजको मार्गनिर्देशन गर्ने मिमिडया र पत्रकारमाथी हत्तोसहित गर्ने उद्देश्यले आफूलाई धार्मिक व्यक्ति भन्दै हिड्ने आनी भिम सुवा गुरुङले आफ्नो कालो कर्तुत लुकाउनका लागि अदालतमा पुगेकी हुन् ।

प्रकाशित समाचारमा चित्ता नबुझे सञ्चार निगारानी राख्ने विभिन्न निकाय हुँदाहुँदै अदालती प्रक्रियमा गएर समाचार लेख्न पाउने अधिकारमाथी कुण्डित गर्ने गलत नियतले उनले उजुरी हालेकी छिन् । बौद्धधर्म गुरुहरुका अनुसार एक आनी हुनुका लागि त्याग, तपश्य, स्वच्छ छवि तथा विवादरहित कार्यमा संलग्न रही धार्मिक कार्यमा सिमित रहनुपर्ने हुन्छन् तर आनी गुरुङ भने व्यवसायिक क्षेत्रसंगै विभिन्न कारोबारमा विवाद तथा राजनीतिक व्यक्ति निकट रहेर गतिविधि सञ्चालन गर्दै आइरहेकी पीडितहरुको भनाई छ ।

चेक कारोबार मुद्धमा आनी भिम सुवा गुरुङ

यसअघि प्रकाशित समाचार

धर्म र राजनीतिको आडमा आनीको ठगी धन्दा

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.