धर्म र राजनीतिको आडमा आनीको ठगी धन्दा

मङ्सिर २५, काठमाडौँ । धर्म र राजनीतिक आडमा  एक आनीले करोडौँ ठगी गरेको खुलासा भएको छ । काठमाडौँ महानगरपालिका वडा नं.–१५ स्थित स्वयम्भूमा रहेको गुरु रिम्पोछे ट्रष्टका अध्यक्ष समेत रहेकी आनी भिम सुवा गुरुङले जापानको निको शहरमा ठूलो लगानीमा नेपाली नमूनाको स्वयम्भू स्तूप निर्माण गर्ने भनेर विभिन्न निर्माण कम्पनी र मजदुरबाट करोडौँ ठगी गरेको खुल्न आएको हो ।

नेपालका निर्माण व्यवसायी कम्पनीहरुलाई निर्माण काम दिने भन्दै अग्रिम करोडौँ रकम बुझाउनुपर्ने शर्त राखेर सम्झौता समेत गरेको खुल्न आएको छ । निर्माणको काम दिने भन्दै ३१ मार्च २०२१ मा त्वानाबासु कन्स्ट्रसन प्रा.लि., नुर्पु निर्माण सेवा प्रा.लि., चन्द्रकाली कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. र आश्का कन्स्ट्रक्सन प्रा.लि बीच सहमती गराई त्वानाबासु कन्स्ट्रसन प्रा.लि.मार्फत रु. चार करोड रुपैया भिम सुवा गुरुङको नाममा रहेको हिमालयन बैंक खातामा जम्मा गरेको प्रमाण भेटिएको छ । स्वयम्भूमा रहेको गुरु रिम्पोछे ट्रष्टको कार्यालयमा विनोद कुमार तामाङ सञ्चालक रहेको आश्का कन्स्ट्रक्सन प्रा.लि जापानमै रहेको र सोही प्रा.लि. मार्फत जापानमा नेपाली नमूनाको स्वयम्भू स्तूप निर्माण गर्न ठेक्का लिएको भनि नेपालका निर्माण व्यावसायी एवम् कामदारलाई समेत संलग्नतामा काम गर्ने, नेपाली कला र संस्कृति झल्किने गरी ढुंगा सम्बन्धि काम गर्न त्वानाबासु कन्स्ट्रक्सनलाई आग्रह गर्दै काम गर्ने प्रतिवद्धता स्वरुप रकम जम्मा गर्न लगाएको खुल्न आएको छ ।

नुर्पु निर्माण सेवा प्रा.लिका सञ्चालक भनिएका सिन्धुपाल्चोक चौतारा कदमबास–३ का बादल तामाङबाट चिनाएका गुरु रिम्पोछे ट्रष्टका अध्यक्ष भिम सुवा गुरुङ, सिन्धुपाल्चोक हेलम्बुका पूर्व सांसद समेत रहेका डोमा तामाङ, आश्का कन्स्ट्रक्सन प्रा.लिका सञ्चालक भनिएका मकवानपुर जिल्ला पालुङका विनोद कुमार तामाङ र आनीकै छोरा सुविन गुरुङ समेतले विश्वास दिई काम गर्ने प्रतिबद्धता स्वरुप पहिलो पटक ३ करोड र दोस्रो पटक १ करोड गरी ४ करोड रकम भिम सुवा गुरुङको व्यक्तिगत खातामा जम्मा गरिएको त्वानाबासु कन्स्ट्रक्सन प्रा.लि सञ्चालक केशव त्वानाबासुले बताए । जापानमा स्तूप बनाउन गरिएको सहमतिअनुसार कामकारवाही नभएकोले प्रतिवद्धता स्वरुप दिएको रकम फिर्ता गर्न पटक–पटक पीडित केशव त्वानाबासुले ताकेता गरेपछि भिम सुवा गुरुङले गत २०७९ जेठ २२ गते हिमालयन बैंकको चेक कटि दिएको बताए । उक्त चेकमा उल्लेख भएका रकम भुक्तानी प्रयोजनको लागि पर्याप्त नभएपछि तीन पटक चेक फिर्ता गरेको र रकम नभएका जानकारी हुँदा हुँदै झुक्याई चेक दिएको भन्दै ठगीको गरेको उनको आरोप छ ।

नीज सुवा गुरुङले उल्टै आफुलाई धम्की दिएको र जबरजस्ती चेक काट्न लगाएको भन्दै काठमाडौँ जिल्ला अदालतमा उजुरी हलेकी छिन् । धर्मको नाम बेचेर निर्माण व्यावसायहरु र नेपाली मजदुरहरुलाई समेत ठगी गरेको आरोप लागेका आनी भिम सुवा गुरुङलाई पक्राउ गरी क्षतिपूर्ती सहित रकम फिर्ता गराउन नेपाल प्रहरी टेकु परिसरमा जाहेरी दरखास्त गर्न गएपनि जाहेरी विभिन्न कारण देखाई जाहेरी लिन नमानेको त्वानाबासु बताउँछन् । पवित्र धार्मिक व्यक्तिको रुपमा आफूलाई चिनाउने र विभिन्न व्यक्ति संघसंस्थामार्फत सम्मान थाप्दै आएका सुवा गुरुङ माओवादी केन्द्रका नेताहरुसंग फोटो खिच्दै नेपालका व्यावसायीहरुसंग विभिन्न प्रलोभन देखाई रकम असुलेको नाम नखुलाउने शर्तमा एक व्यावसायीले बताएको छ । आरोपबारे बुझ्न गुरुङलाई सम्पर्क गर्दा उनीले एक वर्ष अगाडीको कुरा हो भन्दै कस्ले फोन गर्न लगायौँ ? तिनीहरुले खर्च दिएर फोन गर्न लगाएको हो किन मिडियामा आउनुप¥यो भन्दै धम्कीपूर्ण भाषामा प्रहरीसहित भेटने बताईन्। गुरुङले आनीको रुपधारण गरी राजनीतिक दलका शीर्ष नेताहरुसंग नजिक हुने र कमाउ धन्दा गर्ने गरेको आरोप लागेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.