चैत १९, एजेन्सी । भारतले आर्थिक वर्ष २०२२÷२३ मा लगभग १५ करोड ९ सय २० रूपैयाँको रक्षा निर्यात गरेको छ । जुन अहिलेसम्मकै उच्च भएको गत शनिबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले बताएका हुन् ।
शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक ट्वीटर मार्फत यस्तो लेख्नुभएको छ( ‘महान मेक इन इन्डियाको लागि भारतको प्रतिभा र उत्साहको स्पष्ट अभिव्यक्ति यस वर्षको रक्षा निर्यात आएको हो। हाम्रो सरकारले भारतलाई रक्षा उत्पादनको हव बनाउने प्रयासलाई समर्थन गर्ने छ।’ भारत सरकारले आगामी आर्थिक वर्ष २०२४÷ २५ सम्ममा रक्षा निर्यातलाई थप ३५ करोड रुपैयाँमा पुर्याउने लक्ष्य राखेको प्रधानमन्त्री मोदीको भनाइ थियो ।