बैशाखदेखि बैंक बिदा ४४ दिन हुने

चैत १०, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी वर्ष २०८० का लागि बैंक तथा वित्तीय संस्थाले पाउने बिदाको सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै आगामी वर्ष बैशाखदेखि विभिन्न ३५ शीर्षकमा ४४ दिन बैंक तथा वित्तिय संस्थाहरुले बिदा पाउने जानकारी दिएको हो ।

बैंक बिदाको सूचीमा नयाँ वर्षदेखि मोहम्मद जयन्तीसम्म परेका छन् । आगामी सालको दशैँमा ९ दिन घटस्थापना र बाँकी फूलपातीदेखि द्वादशीसम्म बिदा दिइएको छ । यसैगरी राष्ट्र बैंकले ०८० सालको तिहारमा लक्ष्मी पूजादेखि पाँच दिन बिदा दिएको छ । राष्ट्र बैङ्कले बिदाका किसिमलाई ‘क’ र ‘ख’ गरी दुई वर्गमा विभाजन गरेको छ । जसअनुसार ‘क’ पूरा दिनको बिदा र ‘ख’ आधार दिनको बिदा रहेका छन् । वर्षभरिको शनिबारको बिदालाई ‘क’मा राखिएको छ भने शुक्रबारको आधा दिनको बिदालाई ‘ख’मा राखिएको छ ।

नेपाल सरकारले सार्वजनिक विदाको घोषणा गरेमा नगद भुक्तानी, ईसीसी, राष्ट्र ऋण व्यवस्थापन तथा आरटीजीएसलगायतका अत्यावश्यक बैङ्किङ सेवा न्यूनतम कर्मचारीको उपस्थितिमा बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म प्रवाह हुने राष्ट्र बैङ्कले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.