धर्मलाई प्रश्न

स्वास्थानी कथा अनुसार
सतीले देह त्याग गरेपछि
महादेवले आफ्नो जटाबाट
वीरभद्र र महाकाली लाई उत्पन्न गरे।
विभन्न पुराणमा पनि यही कथा भेटिन्छ।
प्रश्न अब उठ्छ
के सती÷ पार्वती नै काली र महाकाली थिइन त ?

थिइन भने
देह त्याग गरेपछि कसरी
महादेवको जटा बाट उत्पन्न भइन?
थिइनन भने
किन धार्मिक कथामा
पार्वती नै काली र महाकाली भएको कुरा गरियो।
प्रश्न हो नामपरिचय र अस्तित्वको ?
एकै व्यक्तिको विभन्न स्वरूप हुन कि
व्यक्ति नै विभन्न हुन भन्ने विषयको ।
महादेव पनि शिव, शंकर, रुद्र आदि विभिन्न नामले चिनिन्छन
वास्तविकताको उत्तखनन धर्मले कहिल्यै गरेन।

धार्मिक भक्तजन
जो भगवान खोज्न आएका थिए
उनीहरूले कर्म स्वीकारेनन
न त धर्म स्वीकारे
त्यसैले उसले बोल्यो
सोही कारणले उनीहरूलाई
भगवानले दर्शन दिएनन ।

– रचनाः अर्जुन दाहाल

Satkar Media House
Leave A Reply

Your email address will not be published.