कविताः ‘ज्योतिष’

धर्मका भक्त
हातको रेखामा विश्वास गर्न आए
कर्ममा विश्वास गरेरनन
अनि हुल जम्मा भयो
ज्योतिषहरुको
जहाँ हरेक विज्ञ थिए
उसलाई टक्कर दिन।

उसले आफ्नो वक्तव्य जारी गर्यो
अनि भन्यो
ज्योतिषले अनुमान मात्र लगाउँछ
त्यसैले संसारका सबै प्राणी ज्योतिष हुन
उसको वक्तव्यमा छलफल सुरु भयो
बहस सुरु भयो
अनि उसले बोल्यो
के मौसम अनुमान लगाउने व्यक्ति ज्योतिष होइनन,
सबैले हो मा हो थपे
उसले पुन बोल्यो
कुनै पेशामा लागेका कुनै व्यक्तिको
जीवनयापन सजिलै अनुमान लगाउन सकिन्छ
के अनुमान लगाउने ज्योतिष भएनन
पुनस् सबैले हो मा हो थपे
उसले पुन प्रश्न गर्यो
आफ्नो र अर्काको भूतकाल पनि धेरैलाई थाहा हुन्छ
के ती ज्योतिष होइनन
सबैले हो मा हो थपे
अनि उसले निष्कर्ष निकाल्यो
संसारका सबै प्राणी ज्योतिष हुन ।
उसले भन्यो
ज्योतिषले भोलिको अनुमान लगाउँछन
र उनीहरूले दावी गर्न सक्ने भनेको
खगोलमा ग्रहण लाग्ने बेलामा मात्र हो
धर्ममा होइन
किनकि ज्योतिषले हेर्ने चिनामा
हरेक व्यक्तिको आफ्नो निजी ग्रह र अंकगणित हुन्छ
र धर्मले भोलि कहिल्यै देखाउँदैन।

उसलाई टक्कर दिन आउनेले पनि
उसको कुनै निश्चित समयको भोलि देखाउन सकेनन
त्यसैले उसले त्यस्ता ज्योतिषको भ्रममा नपर्न सल्लाह दियो
उसलाई टक्कर दिन आउनेले
धर्म खोजे
न्याय खोजे
सत्यता खोजे
उसलाई श्रोत बनाउन खोजे
आफ्नो ज्योतिष विद्यालाई व्यापार बनाउन
उसले सत्य र झुट दुवै बेच्यो
ज्योतिषीलाई
भाग्यको बयान गर्न दिन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.