विश्व बैंकका प्रमुखद्धारा राजीनामाको घोषणा

फागुन ४, काठमाडौं । विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामा घोषणा गरेका छन् ।

आफ्नो कार्यकाल पूरा नहुँदै डेभिडले विश्व बैंकका प्रमुखबाट राजीनामा दिएका हुन् । डेभिडको कार्यकाल २०२४ मा समाप्त हुँदै थियो ।

डेभिड मालपासको कार्यकालमा विश्व बैंकका सामु धेरै विश्वव्यापी चुनौतीहरू थिए । जसमा कोभिड महामारी, युक्रेनमा रुसको आक्रमण र विश्वव्यापी आर्थिक चुनौतीहरू पर्छन् । ६६ वर्षीय डेभिड मालपासले भने, ‘धेरै सोच विचारपछि म अब नयाँ चुनौती सामना गर्ने समय हो भन्ने निष्कर्षमा पुगेको छु । सहज नेतृत्व परिवर्तन हुने अवसर यही हो ।’ डेभिड मालपास डोनाल्ड ट्रम्पको कार्यकालमा विश्व बैंकको प्रमुख नियुक्त भएका थिए ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.