सुनको मूल्य ३४ सय रुपैयाँले घट्यो

माघ २२, काठमाडौं । गत साता अस्वभाविक रुपमा बढेको सुुनको मूल्यमा उच्च गिरावट सुरु भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार मात्रै सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिन शुक्रबार र आइतबार गरेर सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले घटेको महासंघले जनाएको छ । छापावाल सुनको मूल्य एक लाख ४ हजार एक सय रुपैयाँ तोकिएको छ ।

तेजावी सुनको मूल्य एक लाख ३ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर १३ सय २० रुपैयाँ तोकिएको छ । शुक्रबार सुनको मूल्य एक लाख ६ हजार एक सय, तेजावी सुनको मूल्य एक लाख ५ हजार ६ सय र चाँदीको मूल्य १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.