एकैदिन १४ सयले घट्यो सुनको मूल्य

माघ २०, काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ७ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १४ सय रूपैयाँले घटेर एक लाख ६ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ५ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार ३० रूपैयाँले घटेर १ हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.