अफगानिस्तानका पूर्वसांसदको गोली हानी हत्या

एजेन्सी । अफगानिस्तानमा एक पूर्वसांसदको गोली हानी हत्या भएको छ । काबुलस्थित आफ्नै घरमा बसिरहेका बेला ३२ वर्षीया मरसल नविजादाको गोली हानी हत्या गरिएको हो ।

आक्रमणकारीले पूर्वसांसद नविजादासँगै उनका सुरक्षागार्डको पनि हत्या गरेका समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । गोली लागेका नविजादाका भाइ भने खतरामुक्त रहेको बताइएको छ । नविजादा सन् २०१८ मा काबुलबाट तत्कालीन संसद्को तल्लो सदनमा निर्वाचित भएकी थिइन् ।

तर, सन् २०२१ को अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै उनी पदमुक्त भएकी थिइन् । अमेरिकी सैनिक फिर्ता र तालिबानद्वारा काबुल कब्जा भएपछि धेरै राजनीतिज्ञले अफगानिस्तान छोडे पनि उनी स्वदेशमै बसिरहेकी थिइन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.