कमजोर बन्दै अमेरिकी डलर, नेपाललाई राहत

मङ्सिर १६, काठमाडौं । एक सातामा अमेरिकी डलर कमजोर हुँदै गइरहँदा नेपाली मुद्रा बलियो बन्दै गइरहेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा बलियो बनेपछि नेपाली मुद्रा समेत प्रभावित भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको नेपाली खरिद मूल्य १२९.६५ रुपैयाँ पुगेको छ भने बिक्री दर १३०.२५ रुपैयाँ कायम छ । गत बुधबार खरिद दर १२९.९८ रुपैयाँ र बिक्री दर १३०.५८ रुपैयाँ थियो ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पवेलले ब्याजदरमा वृद्धिदरको गति घटाउने संकेत गरेपछि डलर कमजोर हुँदै गइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विदेशी पुँजी प्रवाह बढ्ने र घरेलु सेयर बजारमा वृद्धि भएपछि डलरको भाउ कमजोर भएको छ । फेडले ब्याजदरलाई डिसेम्बरभित्रै कम गर्ने अनुमान समेत गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.