मङ्सिर १२, काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १५.६१ अंकले घटेर १९५०.३७ बिन्दुमा पुगेको छ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६५ अङ्कले बढेर ३८२.६१ मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २३६ कम्पनीको ३७ लाख ६१ हजार २९९ कित्ता सेयर खरिद बिक्री भएको छ। उक्त सेयर किनबेचमा १ अर्व ४९ करोड ४३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ। यसको आज ४५ करोड ४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नबिल बैंक र तेस्रोमा शिभम् सिमेन्टको कारोबार भएको छ।
सोमबारको कारोबारमा १३ वटा उपसुचकमध्ये म्युचुअल फण्ड उपसूचकबाहेक सबै उपसूचक राताम्मे भएको छ। आजको कारोबारमा खप्तड लघुवित्त र गरिमा ऋणपत्रका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सिनर्जी पावर र ओरेन्टल होटलका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

