अमेरिकामा गोली प्रहारबाट तीन फुटबल खेलाडीको मृत्यु

कात्तिक २९, एजेन्सी । अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको ज्यान गएको छ । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई बसमा गोली हानी हत्या गरिएको हो ।

ज्यान गुमाउनेमा खेलाडी डेभिन चन्डलर, डिसेन पेरी र रिच हिल रहेका छन् । घटनामा अरु दुई जना घाइते भएका बीबीसीले जनाएको छ । गोली चलाएको आरोपमा एक जना पक्राउ परेका र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.