इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट

कात्तिक १७, काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको सर्वसाधारणमा निष्कासन भएको प्राथमिक सेयर ९आईपीओ० बाँडफाँट गरेको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बिहीबार बिहान सर्वसाधारणमा सेयर बाँडफाँट गरेको हो । कम्पनीले असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ६ लाख ७० हजार ३१० कित्ता सेयर निष्कासन गरेको थियो । कुल कित्तामध्ये ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषहरूका लागि र १३ हजार ४०६ कित्ता शेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो ।

कर्मचारीलाई छुट्याइएकोमध्ये १ हजार ८०१ कित्ताका लागि आवेदन नपरेपछि सोसमेत जोडेर सर्वसाधारणमा कुल ६ लाख २५ हजार १९० कित्ता सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ । यो आईपीओ खरिदका लागि कुल १३ लाख ५८ हजार २२० जना आवेदकले आवेदन दिएकामा एक हजार ९९६ जनाको आवेदन रद्द भएको समेत जानकारी दिइएको छ । आवेदन दिएकाहरूलाई गोलाप्रथामा सहभागी गराइ सेयर बाँडफाँट गरिएको हो । गोलाप्रथाको माध्यमबाट ६२ हजार ५१९ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.