शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

असोज ३०, काठमाडौँ । शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान निधन भएको छ। उहाँको १०३ वर्षको उमेरमा  ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारिक स्राेतले जनाएकाे छ।

‘बिहानै अक्सिजनको लेभल एकदमै घट्यो भन्ने खबर आयो । हामी अस्पताल पुग्दा उहाँलाई भेट्न सकेनौँ’, भतिजी देवकी श्रेष्ठले भन्नुभयो, ‘‘ठ्याक्कै समय त थाहा भएन बिहान सात बजेतिर उहाँको निधन भएको हो ।’’ जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको इमर्जेन्सी (आकस्मिक कक्ष) मा भर्ना गरिएको थियो । सोही समयमा रगतको जाँच गर्दा उहाँलाई डेंगु पुष्टि भएको थियो । एक सातादेखि नै छातीमा निमोनिया सङ्क्रमण, मुटुको चालमा घटबढ भइरहेका जोशीलाई जति औषधि चलाए पनि शरीरले रेस्पोन्स नगरेको चिकित्सकले बताएका थिए ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.