तयारी पोशाकको निर्यात बढाउन चेम्बरले सहयोग गर्ने

असोज ३, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तयारी पोशाकको निर्यात बढाउन उद्योगी व्यवसायीलाई सहयोग गर्ने भएको छ ।

तयारी पोशाक एवं गार्मेन्टसबाट उत्पादित कपडाको अन्तराष्ट्रिय बजारीकरण एवं ब्राण्डिङका लागि चेम्बरले सहयोग गर्न लागेको हो । नेपाल चेम्बर अन्र्तगतका अन्तराष्ट्रिय शाखा मार्फत नेपाली तयारी पोशाकको बजार प्रर्वद्धन गर्न उद्योगी व्यवसायीसंग सहकार्य गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए । नेपाल तयारी पोशाक उद्योग संघका नवनिर्वाचित पदाधिकारीहरुलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष मल्लले बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रर्वद्धन एक मात्रै विकल्प भएको बताए । अध्यक्ष मल्लले भने, ‘विदेशमा रहेका नेपाली दूतावास र चेम्बरका अन्तराष्ट्रिय शाखा मार्फत तयारी पोशाक निर्यात बढाउन चेम्बरले सहयोग गर्छ । चेम्बरले गर्ने अन्तराष्ट्रिय व्यापार मेलामा नेपाली उद्योगी व्यवसायीका उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता ब्यक्त गर्दछु,।’

९० को दशकमै नेपालबाट बार्षिक ११ अर्व रुपैयाँ बराबरको तयारी पोशाक निर्यात हुने गरेको भन्दै अध्यक्ष मल्लले अहिले मुस्किलले ७ अर्वको निर्यात हुनु दुर्भाग्य भएको बताए । नेपालका तयारी पोशाकको निर्यात प्रर्वद्धनका लागि व्यापार तथा निकासी केन्द्र र सरोकारवाला अन्य सरकारी निकायसंग पनि चेम्बरले समन्वय गर्ने अध्यक्ष मल्लको भनाई छ । तयारी पोशाक उत्पादन गर्न साना उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने अध्यक्ष मल्लले बताए । गार्मेन्ट्सका बस्तु एवं तयारी पोशाकको निर्यातमा कुनै समय नेपाल विश्वको उत्कृष्ट १० भित्र परेको स्मरण गराउँदै आध्यक्ष मल्लले निर्यात प्रर्वद्धन गर्नका लागि चेम्बरले आवश्यक सवै व्यवस्था गर्ने प्रतिवद्धता समेत जनाए ।

नेपाल तयारी उद्योग पोशाक संघका नवनिर्वाचित अध्यक्ष पशुपतिदेव पाण्डेले सगरमाथाको देश भनेर गर्व भएपनि सगरमाथामा चढ्दा लगाउने कपडा मुलुकभित्रै उत्पादन हुन नसक्नु दुर्भाग्य भएको बताए । यो आर्थिक वर्षमा निर्यात १० अर्व पु¥याउने आफुहरुको लक्ष्य रहेको अध्यक्ष पाण्डेको भनाई छ । स्वदेशी बस्तुको गुणस्तरबारे आफ्नै देशका नागरिकलाई सचेत गराउन नसकिएको पाण्डेको गुनासो थियो । नेपालमै उत्पादित बस्तुहरु पनि पछिल्लो समय गुणस्तरीय बन्दै गएको भन्दै पाण्डेले उपभोक्तामा सचेतना जगाउन भने नसकिएको बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.