सिक्लेस हाइड्रोपावरको आईपीओ बुधबारदेखि खुला हुने

भदौ २६, काठमाडौँ। सिक्लेस हाइड्रोपावरको ११ लाख ५० हजार कित्ता आइपिओ बुधबार (भदौ २९ गते) देखि आउने भएको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ११ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्न लागेको हो।

जारी गर्ने आइपिओमध्ये ५ प्रतिशतले हुन आउने ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने ३४ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। भने, बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्। यस आइपिओमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गर्नेछ। यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। यस आईपीओमा लगानीकर्ताले असोज २ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा असोज १२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.