पिपुल्स पावरको आईपिओ बिक्री खुला

साउन ३१, काठमाडौँ। पिपुल्स पावर कम्पनीको २४ लाख ६७ हजार ४०० कित्ता आइपिओ आज (मंगलबार) देखि बिक्री खुला भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको आइपिओ बिक्रीमा ल्याएको हो।

कम्पनीले जारी गर्ने आइपिओमध्ये १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यस आइपिओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ। लगानीकर्ताले यस आइपिओमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १४ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। रेटिङ एजेन्सी केयर रेटिङ नेपालले पिपुल्स पावरलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी इस्यूआर’ रेटिङ प्रदान गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.