मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड हुँदै

साउन १६, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ आज (साउन १७ गते) बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडको कार्यालय काठमाडौंको नारायणचौरमा अपराह्न ४ बजे आईपीओ बाँडफाँड हुने बताइएको छ ।

कम्पनीले यही साउन ९ गतेदेखि सर्वसाधारणका लागि १०० रुपैयाँअंकित दरका ११ करोड ७६ लाख सात हजार ३०० रुपैयाँबराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गरेको थियो ।

सीडीएस एन्ड क्लियरिङका अनुसार उक्त आईपीओमा १६.५३ गुणा बढी आवेदन परेको थियो । आवेदन दिने अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १६ लाख १० हजार ९२६ आवेदकबाट एक अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँबराबरको एक करोड ८० लाख ८१ हजार १८० कित्ता सेयरका लागि आवेदन परेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.