शिक्षा नै विकासको मेरुदण्डः शिक्षामन्त्री पौडेल

असार १०, भैरहवा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा नै विकाशको मेरुदण्ड भएको बताउनुभएको छ । शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा बोल्दै उहाँले राष्ट्र निर्माणमा शिक्षा महत्वपूर्ण पाटो भएको बताउँदै शिक्षा नै विकाशको मेरुदण्ड भएको बताउनुभयो हो ।

बौद्ध विश्वविद्यालय विशिष्टीकृत विश्वविद्यालय भएकाले त्यसको आफ्नै महत्व रहेको बताउनुभयो । ‘आनन्द हुनु भनेको ज्ञान प्राप्त गरेर बहुत्व प्राप्त गरी आत्मिक एवम् भावनात्मक रुपमा सन्तुष्टि हुनु हो’, उहाँले भन्नुभयो, ‘भौतिक समृद्धि पूर्वाधार विकासबाट हुन्छ भने आत्मिक समृद्धि शान्ति, शिक्षा, नैतिकता, अनुशासन र मानवतबाट प्राप्त हुन्छ ।’

उहाँले समाज र देशमा सौन्दर्य प्राप्त गर्न प्रत्येक नागरिक ज्ञानी हुनुपर्नेमा जोड दिनुभयो । ‘समाज र देशमा सौन्दर्य प्राप्त गर्न प्रत्येक नागरिक ज्ञानी हुनुपर्छ’मन्त्री पौडेलले भन्नुभयो, ‘नागरिकलाई ज्ञानी बनाउने शिक्षा नै हो ।’ उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बुद्धका उपदेश र बौद्ध शिक्षालाई जीवनोपयागी बनाउने गरी विश्वविद्यालयलाई शैक्षिक अनुसन्धानको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.