बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं, ९ कात्तिक । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि शनिबारसम्म देशभर भीषण वर्षा र व्यापक हिमपात हुने भएको छ ।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएकाले बिहीबार मध्याह्नदेखि नेपालमा पानी पर्न थाल्नेछ । शक्तिशाली चक्रवातको नाम ‘अर्नब’ राखिएको उनको भनाइ छ ।

भारतीय मौसम विभागले सोमबार बिहान ५:३० बजे चक्रवातको रुपमा देखिएको पुष्टि गरेको उनको भनाइ छ ।

‘अब यो प्रणालीले भोली मंगलबार मध्यान्हतिर भारतको आन्ध्र प्रदेश र उडिशाको तटीय क्षेत्रमा धावा बोल्ने देखिन्छ । र, त्यस क्षेत्रमा अवस्थित अन्य साना वर्षा प्रणालीसँग मिसिँदै उत्तरतर्फ अर्थात नेपालतर्फ बढ्ने देखिन्छ । बुधबार रातिसम्म नेपाल आइपुग्ने र बिहीबारदेखि वर्षा हुने कुरा नेपाल मौसम विज्ञान विभाग तथा जलवायु शाखाले पनि सूचित गरिसकेको छ,’ उनले भनेका छन् ।

देशैभरि वर्षा हुने देखिए पनि बिहीबार मध्यान्हदेखि शुक्रबार रातिसम्म कोशी, मधेश, बागमती, गण्डकी र पूर्वी लुम्बिनीमा विशेष सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।
चक्रवातको शक्ति र ऊर्जा देख्दा केही स्थानमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपात व्यापक हुने उनको भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.