१३ अंकले वृद्धि हुँदा १८६२ अंकमा नेप्से

असार १०, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । बिहीबार अघिल्लो ९२०७३ साउन १२० ‘बुल’को उच्च बिन्दुबाट तल झरेको नेप्से शुक्रबार भने सामान्य वृद्धि भएको थियो ।

नेप्सेले असारदेखि सातामा ६ दिन सेयर बजार सञ्चालन गर्ने निर्णय गर्दै शुक्रबार भने २ घण्टामात्रै बजार सञ्चालन सुरु गरेको थियो । दुई घण्टाका लागि बजार खुलेको दोस्रो शुक्रबार नेप्से १३.७८ अंकले वृद्धि भएर १८६२.०६ अंकमा बन्द भएको छ । शुक्रबार सामुहीक लगानी कोषबाहेक सबै उपसूचकमा वृद्धि भएको छ । दुई घण्टा मात्रै कारोबार भएको बजारमा १ अर्ब १५ करोड १२ लाखको कारोबार भएको छ । जसमध्ये कुमारी बैंकको सर्वाधिक ८ करोड ६३ लाखको कारोबार हुँदा ङ्यादी ग्रुप पावर कम्पनीको सेयरमूल्य ६ करोड ३२ लाखको कारोबार भएको छ ।

आज दिनभर बजारमा १४४ कम्पनीको सेयर कारोबार भएकोमा १५० कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ४१ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको सेयरमूल्य भने स्थिर छ । आज बजारमा न्यादी ग्रुप पावरको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा सीवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ८.२१ प्रतिशतले बढेको छ । यता, आँधिखोला लघुवित्तको सेयरमूल्य ७.८८ प्रतिशतले गिरावट हुँदा महुली लघुवित्तको ६.८० प्रतिशतले गिरावट भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.