२० जना शिक्षक सहसचिव स्तरमा बढुवा

 

असार ९, काठमाडौँ । शिक्षा सेवा आयोगले नौ वटा जिल्लाबाट २० जना शिक्षकलाई सहसचिवस्तरमा बढुवा गरेको छ । कार्यसम्पादन मूल्याङ्कनका आधारमा आयोगले शिक्षकहरुको माध्यमिक तह प्रथम श्रेणी अर्थात् सहसचिवको स्तरमा बढुवा गरेको हो ।

आयोग बढुवा सिफारिस समितिको सचिवालय शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेश, पोखराले लमजुङबाट एकजना, बागलुङबाट दुईजना, तनहुँबाट तीनजना, स्याङ्जा दुईजना, नवलपरासी (सुस्ता पूर्व) एकजना, पर्वत एकजना, कास्की पाँचजना, म्याग्दी तीनजना, मुस्ताङ दुईजना शिक्षकलाई बढुवा गरेको आयोगको बिहीबार प्रकाशित सूचनामा उल्लेख छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.