अभिनेत्री प्रियंका चोपडा र हलिवुडका नायक जोनासबीच ईन्गेजमेन्ट

भदौ ३, काठमाडौं । बलिवुडका चर्चित अभिनेत्री प्रियंका चोपडा र हलिवुडका नायक, गायक तथा गीतकार निक जोनासको चिनजानको केही समयमै दुवैले इन्गेजमेन्ट् अर्थात विवाहको कुरा छिनेको पुष्टि गरेका छन्।

टेक्ससका गायक तथा जोनास ब्रदर्स नामक साङ्गीतिक समूहका पूर्व सदस्य रहेका जोनास र बलिवुड चर्चित अभिनेत्रीबीच शनिवार मुम्बइमा एउटा निजी कार्यक्रममा कुरा छिनिएको हो। इन्गेजमेन्टमा दुवैले भारतीय परम्परागत लुगा लगाएका थिए। चोपडा र जोनासबीच इन्गेजमेन्ट हुने हल्ला करिब ३ सातादेखि चलेको थियो तर दुवैले त्यसबारे पुष्टि भने गरेका थिएनन्। दुवैबीच विवाह हुने कुरा छिनिएपनि विवाह कहिले हुने भन्ने चाहिँ अहिलेसम्म घोषणा भएको छैन। दुवैले आ(आफ्नो इन्स्टाग्राममा उस्तै खालका फोटो हालेका छन्। जोनासले चोपडा भविष्यकी पत्नी भनी लेखेका छन्।

रोक्का भनिने उक्त इन्गेजमेन्ट समारोहमा जोडीले एकअर्कालाई उपहार दिने गर्छन् र परिवार पनि भेटाउँछन्। चोपडा सन् २००० की विश्व सुन्दरी हुन् भने उनले ५० भन्दा बढी भारतीय चलचित्रमा अभिनय गरेकी छन्। सलमान खान, शाहरुख खान, अभिताभ बच्चन जस्ता भारतका चर्चित अभिनेतासँग उनले अभिनय गरेकी छन्।

Satkar Media House
Leave A Reply

Your email address will not be published.