पेट्रोलियम पदार्थको आयात निजी क्षेत्रलाई दिन अध्ययन समिति गठन

जेठ १०, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आयातमा निजी क्षेत्रलाई प्रवेश गराउने विषयमा अध्ययन गर्न कार्यदल बनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेलको नेतृत्वमा अध्ययन समिति बनाउने निर्णय गरेको हो ।

समितिले पेट्रोलियम पदार्थको आयातमा निजी क्षेत्रको प्रवेश गराउने विषयमा अध्ययन गर्नेछ । अहिले देखिएको पेट्रोलियम समस्या समाधानका विषयमा पनि अध्ययन गर्ने मन्त्रालय स्रोतले जनाएको छ । समितिमा नेपाल आयल निगमका कार्यकारी निर्देशक पनि रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.