पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग

जेठ ९, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गररेपछि (क्रान्तिकारी) ले फिर्ता लिन माग गरेको हो ।

आज मध्यरातिदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १०–१० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिण्डिर रु. २०० रुपैयाँ बढाएको छ । “स्थानीय तहको निर्वाचन सक्दा–नसक्दै सरकारले दुई पटक इन्धनको मूल्यवृद्धि गरी आम जनताको ढाड सेक्ने काम गरेको छ,” विज्ञप्तिमा उल्लेख छ, “महामारीजस्ता विभिन्न विपद्बाट प्रताडित नेपाली जनतालाई राहत दिनुको सट्टा पटक–पटक मूल्यवृद्धि गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकार जनताप्रति गैरजिम्मेवार बनेको छ ।”

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.