भदौ २, काठमाडौं । नेपाली कला क्षेत्रमा वृहत्तर विकाससंगै थुप्रै चुनौतीहरु पनि देखा परेको छ । त्यस्तै चुनौतिका विच कलाकारिता क्षेत्रलाई अझ प्रभाकारी बनाउन देश तथा अन्र्तराष्ट्रिय स्तरमै पु¥याउने विभिन्न संस्थाहरु पनि खोलिएका छन् ।
पछिल्लो समयमा कलाकारिता क्षेत्रमा एउटा राम्रो आम्दानीको रुपमा व्यवसायिकरण हुदै गएपछि राजधानी लगायत विभिन्न सहरहरुमा कला केन्द्रहरु खोल्ने क्रमले व्यापकता छाएको छ । त्यही माहोलवीच पृथक पृष्ठभूमि र उद्देश्यले खोलिएका तराना कला केन्द्र काठमाडौंको बौद्धमा भदौ १ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । सो कला केन्द्रको उद्घाटन गर्दै वरिष्ठ गायण तथा संगीत प्रशिक्षिक प्रकाश गुरुङले प्रशंसा गर्दै नेपाली कलालाई जीवित राख्न स्वच्छ र कलाकारिताको मर्म दर्शाउने प्रशिक्षण केन्द्रहरुको आवश्यक रहेको औल्याए ।

संगीतकार, गायक तथा प्रक्षिक गुरुङले कलाकारिता क्षेत्र देखिएको विकृतिलाई रोक्न प्रशिक्षण केन्द्रहरुले भूमिका खेल्नु पर्ने बताए । उनले आफ्नो बाल्यकाललाई स्मारण गर्दै गीत÷संगीत सिक्न सिक्किम दर्जलिङसम्म पुगेको अनुभाव सुनाउँदै कला जन्मजात भए पनि त्यसलाई तिखार्दै लान अभ्यास अनिवार्य रहेको बताए । तराना कला केन्द्रले पनि सबै नव प्रशिक्षार्थीहरुलाई अनुशासनमा राखेर प्रशिक्षण गराउन समेत अग्राह गरे ।

त्यस्तै उक्त कला केन्द्रको प्रोपाईटर बसन्ती लामाले आफुले सिकेको कुरालाई समाजमा उर्तनका लागि कला केन्द्रको स्थापना गरेकी बताईन् । उनले आफ्नो कलाकारिताको यात्रामा प्राप्त गरेका अनुभवलाई सबै नव कलाकारलाई बढ्ने उद्देश्यले कला केन्द्र खोलिएको बताईन् । सबै प्रशिक्षार्थीलाई अनुशासित र मेहनतका साथ प्रशिक्षण दिने बताउँदै क्षमता अभिवृद्धिका लागि नेतृत्व विकास, पत्रकारिता, उद्घोषण तथा व्यक्तित्व विकास तालिमको समेत सेवा उपलब्ध गराउने उल्लेख गरिन् ।


