सुनको मूल्य तोलाको ९९ हजार

वैशाख १८, काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला २०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ७०० रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले घटेर तोलाको एक हजार ३०० रुपैयाँमा आएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९६ डलर आसपास कारोबार भइरहेको छ । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.