वायूप्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढाऔँः मन्त्री पौडेल

वैशाख ९, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायूप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार विद्युतीय सवारी साधन सम्बन्धी अन्तरक्रियामा बोल्दै उहाँले बायू प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको हो । पेट्रोलियम पदार्थको विश्वव्यापी बढ्दो उपभोग र आकासिँदै गएको मूल्यले देशको मुद्रा बाहिरिएको भन्दै विद्युतीय सवारीको प्रयोगलाई बढवा दिनुपर्ने बताउनुभयो । ‘यातायात क्षेत्रमा प्रयोग हुने खनिज इन्धनबाट हुने मुद्रा बर्हिगमन, वैदेशिक निर्भरता, वातावरण प्रदूषण विश्वमा भएको जलवायु परिर्वतनको सन्दर्भमा विश्व उष्णीकरण, हरित ग्याँसहरु तथा हानिकारक कणजन्य तत्वको उत्र्सजन गर्ने विषयहरु जस्ता कार्यमा यातायात क्षेत्रबाट वातावरणमा उत्पन्न हुने नकरात्मक असरलाई न्यूनिकरण गर्दै हरित विकाश गर्नुपर्ने अवश्यकता छ’ मन्त्रीले भन्नुभयो ।

मन्त्री पौडेलले अनसन्धानलाई प्रोत्साहन गर्ने गरी मन्त्रालय अघि बढेको बताउँदै अप्ठ्यारो परेका बेला गाँठो फुकाउने आश्वासन दिनुभयो । उहाँले देशमा बायूप्रदूषण बढिरहेको बताउँदै प्रदूषण नियन्त्रण गर्ने गरी काम गर्न अनुसन्धानकर्तालाईं आग्रह गर्नुभयो । ‘पेट्रालियम पदार्थको मूल्य वृद्धि र बायुप्रदूषण दिनप्रतिदिन बढिरहेको छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘अहिलको अवस्थालाई मध्यनजर गर्दै विद्युतीय सवारीको प्रयोगलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ ।’

 

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.