माघ ४, काठमाडौँ । सेलो तथा लोक गायिका बसन्ती लामा र गायक जीवन बमजनको स्वारमा रहेको नयाँ गीत ‘मायाला चिनो’ सार्वजनिक भएको छ ।
सेलोमा आधारित उक्त गीतमा माया पिरतीमा केटा पक्षले केटी पक्षलाई फकाउने प्रयास गरेको देखिन्छ । निकै रोमान्टिक र डान्सिङ गीत भएकोले दर्शक स्रोताले रुचाउन सफल हुनेमा गायिका बसन्ती लामाको विश्वास छ । जीवन बमजनको शब्द र प्रकाश लामाको संगीत रहेको सो गीतको सम्पादन महाराज थापाले गरेका हुन् ।
मायाला चिनो गीतको भिडियो पनि बनेको छ । भिडियोमा नायिका अनिता लामा गोले, लक्पा लामा, बरुण तामाङ र निशा पाण्डेले अभिनय गरेका छन् । बरुण तामाङले निर्देशन गरेको उक्त भिडियोमा स्वंयम तामाङ र निशा पाण्डेले कोरियोग्राफी गरेका हुन् । विकाश सिटौलाले छायाँंकन गरेको भीडियोमा नविन धितालको सम्पादन रहेको छ ।

