ग्लोबल आईएमई बैंकले साढे १३ प्रतिशत लाभांश दिने

बसोज २५, काठमाडौं । ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ । आज बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷ ०७८ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनसहितको लागि ३.५ प्रतिशत नगद लाभांश गरी कुल १३।५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.