नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण

असोज २१, काठमाडौं  । नेपालको चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने विश्व बैंकले  प्रक्षेपण गरेको छ। कोभिड १९ का कारण खस्किएको अर्थतन्त्र पुनस्र्थापनाको क्रम जारी रहेकाले गत आर्थिक वर्षमा १.८ प्रतिशत रहेको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा बढेर ३.९ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण छ।

विश्व बैंकका अनुसार सन २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने अनुमान छ । गत असारपछि लकडाउन खुला हुँदै गएको र यसवर्ष आर्थिक गतिविधि पनि वृद्धि भएका कारण चालू आर्थिक वर्षमा ३.९ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण विश्व बैंकको छ।

गत आर्थिक वर्षमा ०७७/७८ मा नेपालको आर्थिक वृद्धि १.८ प्रतिशत मात्रै भएको छ । जुन सरकारले प्रक्षेपण गरेको भन्दा कम हो। केन्द्रीय तथ्यांक विभागले गत आवमा ४.१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । अघिल्लो वर्ष नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतले नकारात्मक हुन पुगेको थियो।

सरकारले चालू आर्थिक वर्षमा पनि ७ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ। चालू आर्थिक वर्ष २०७८/७९ का लागि एडीबीले ४.१ प्रतिशत वृद्धिदर प्रक्षेपण गरेको छ।

विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो अध्ययन अनुसार दक्षिण एशियाको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने अनुमान गरिएको छ।

सबैभन्दा धेरै माल्दिभ्सको ११ प्रतिशत हुने विश्व बैंकले जनाएको छ। त्यस्तै भारतको ७.५ प्रतिशत, बंगलादेशको ६.४ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.