२० लाखसम्मको कर्जाको धितोमा मोटरबाटो नचाहिने

भदौ ८, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आयात सम्बन्धी व्यवसायबाहेक अन्य उत्पादनमुलक व्यवसायका लागि एक करोडसम्म कर्जा प्रवाह गर्दा आधार ब्याजदरमान २ प्रतिशतमात्रै प्रिपियम थप गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकीकृत निर्देशनलाई संशोधन गर्दै कृषि, हस्तकला तथा सिपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय सञ्चालनका लागि एक करोडसम्म कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्ममात्र थप गरी ऋणको ब्याज तोक्न भनी निर्देश्न दिएको हो ।     यस्तै, २० लाखसम्मका यस्ता कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । बैंकका प्रत्येक शाखाले उक्त कर्जाको निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारणसमेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रूपमा जानकारी दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप राखेमा न्यूनतम १ प्रतिशत बिन्दु थप गरी ब्याजदर प्रदान गर्न राष्ट्र बंैकले बैंकहरूलाई निर्देशन दिएको छ । यसैगरी ब्याजलाई ब्याजदर अन्तर गणना गर्दा छुट दिने राष्ट्र बैंंकले जनाएको छ

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.