साउन ३१, काठमाडौं । १८औं एसियाली खेलकुद प्रतियोगिताको पुरुष फुटबलको दोस्रो खेलमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । यो खेलमा नेपालले जित हात पारे प्रिक्वाटरफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाउनेछ ।
नेपाल र भियतनामबीचको खेल नेपाली समयअनुसार स्थानीय समयअनुसार ७ बजेर ४५ मिनेटमा सुरुहुनेछ । पहिलो खेलमा जापानसँग १–० गोलअन्तरले पराजित भएको हुँदा नेपालको लागि अघिल्लो चरणमा पुग्न भियतनाममाथि अंक खोस्नुको विकल्प छैन ।
भियतनामलाई पराजित गर्न सके नेपालको प्रि क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ भने पराजित भएमा नेपाल समूह चरणबाटै बाहिरिनेछ । तर नेपालले बराबरी खेलेको खण्डमा पनि अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै रहनेछ । तर समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई पराजित गर्नैपर्ने हुन्छ ।