साउन ३०, काठमाडौं । सडक बाटोको समसमायिक अवस्थालाई मध्यनजर गर्दै ‘साँखु जाने बाटो हजुर कहिलेसम्म यस्तो ?’ बोलको चेतनामुलक गीत सार्बजनिक भएको छ ।
मुर्छुना संगीत पाठशालामा संगीत सिक्दै गरेका विद्यार्थीहरुको सामुहिक आवाजमा प्रेम कृष्ण बजगाइको लिरिक्स ÷ कम्पोज र सुरेन्द्र श्रेष्ठको एरेन्जमा रहेको उक्त चेतनामुलक गीतले साखु, बौद्ध जोरपाटी सडकको स्थिति बारे बिशेष रहेको छ । बाटोको अवस्थालाई चित्रण गर्दै घाम लाग्दा धुलै धुलो, पानी पर्दा हिलै हिलो भन्दै गीतमार्फत चाँडो निर्माण गरी जनतालाई सहज बनाउन आग्रह गरेका छन् ।