अखिल नेपाल फुटबल संघको विशेष साधारणसभाद्वारा विधान संशोधन

साउन ३०, काठमाडौं । चितवनमा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभाले विधान संशोधन गरेको छ । साधारणसभाले आर्थिक, कर्मचारी, एन्फा सञ्चालन नियमावली र लिग सञ्चालनसँग सम्बन्धित विषयहरुमा निर्णय गरेको हो ।

विधान मस्यौदामा प्रादेशिक संरचना निर्माण गर्ने, एन्फाको मतधिकार सदस्यमा १३ मत थप गर्ने निर्णय साधारण सभाले गरेको छ । जसअनुसार प्रदेशमा ५ मत थप गरेको हो । प्रदेश नम्बर ५ मा १ मत, प्रदेश ६ मा २ मत र प्रदेश ७ मा २ गरी प्रदेशमा कुल ५ मत बृद्धि गरेको हो । त्यस्तै, क्लबसंख्या पनि थप गरेको छ । सी क्लबको संख्या बृद्धि गर्दै १८ पु¥याएको छ भने मतसंख्या पनि बढाएर ९ पु¥याएको छ । त्यस्तै, बी क्लबको संख्या बढाएर १६ पु¥याएको छ भने मताधिकार पनि बढाएर ११ पु¥याएको एन्फा प्रवक्त किरण राईले जानकारी दिएका छन् ।

साधारणसभापछि पत्रकारसँग बोल्दै प्रवक्ता किरण राईले भने, “स्थायी समिति हामीले वृद्धि गरेका छौं । बैठक सम्बन्धि केही प्रावधानहरू केही सुधार गरेका छौ । आगामी दिनमा हामीले जे कार्य गर्छौ नीतिगत रुपमा हामी स्पष्ट भएका छौ । अब हामीले नीतिगतरुपमा ब्यवस्था गरिसकेपछि कार्यन्वयनतर्फ जान्छौं ।” यो विशेष साधारणसभा एन्फाको निम्ति विशेष र ऐतिहासिक हुने प्रवक्ता राईले दाबी गरे । त्यस्तै, एन्फाको विधान संशोधन नगर्न आग्रह गर्दै साउन २८ गते राष्ट्रिय खेलकुद परिषद्ले पत्र पठाएको थियो । राखेपले खेलकुदको नयाँ ऐन संशोधनको अन्तिम चरणमा पुगेको र खेलकुद संघहरूको पनि ऐन बनाउनु पर्ने भएको भन्दै एन्फाको विधान संशोधन नगर्न पत्र पठाएको थियो ।

तर, एन्फा प्रवक्ता राईले पत्रको आसयअनुरुप विधान संशोधन गरेको दाबी गरे । राखेपको खेलकुद ऐनसँग एन्फाको नयाँ ऐन बाझिएमा एन्फाको संशोधित बुद्दाहरु खारेज हुने प्रवक्ता राईले जानकारी दिए ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.