‘दक्षिण एसियाभरी फेसबुकमार्फत स्पेनी फुटबल लिग’

साउन २९, काठमाडौं । स्पेनी फुटबल लिगले सबै प्रमुख स्पेनी फुटबल खेलहरू दक्षिण एसियामा निशुल्क प्रसारण गर्नेबारे सामाजिक सञ्जाल फेसबुकसँग एक सम्झौता गरेको घोषणा गरेको छ।

त्यसको अर्थ आउने शुक्रवारदेखि ला लिगा भनिने स्पेनी लिगको नयाँ संस्करण सुरु भएसँगै भारत, पाकिस्तान, नेपाल र भुटानलगायत सबै दक्षिण एसियाली देशका फेसबुक प्रयोगकर्ताहरूले स्पेनी लिगका ३८० फुटबल म्याचहरू हेर्न सक्नेछन्।

बीबीसीका एक सम्वाददाता भन्छन्, –यो स्पेनी लिग, ला लिगाका सबै खेलहरू फेसबुकका दक्षिण एसियाली फुटबल दर्शक समक्ष पुर्‍याउने सम्झौता हो। यसबाट त्यस क्षेत्रका करोडौँ दर्शकलाई लाभ पुग्ने फेसबुकको भनाइ छ। भारतमा फुटबल खेलका दर्शकहरूको संख्या पनि बढिरहेको छ। फेसबुकले यसअघि नै केही बेसबल म्याचहरू प्रत्यक्ष प्रसारण गर्दै आइरहेको छ।

अब उसले अन्य खेलहरू प्रत्यक्ष प्रसारण गरेर प्रत्यक्ष अन्तरक्रियाको सम्भावनामाथि नयाँ प्रयोगहरू गर्न लागेको छ।
भारत र अन्य दक्षिण एसियाली देशहरूमा फुटबल विस्तारै लोकप्रिय हुँदै गइरहेको छ। भारतमा स्पेनी लिग ला लिगाभन्दा बढी इङ्गलिश प्रिमियर लिगका खेलहरू हेर्ने दर्शकहरू बढी रहेको आकलन गरिएको छ। –बिबिसि नेपाली

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.