वाग्मती प्रदेश सरकारले ल्यायो करिब ५८ अर्बको बजेटः प्रमुख प्राथमिकता कोरोना नियन्त्रण

असार १, काठमाडौं । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ ।

मंगलबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दैं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले कुल बजेटमध्ये चालु तर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार र पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार तथा वित्तीय व्यवस्थातर्फ २ अर्ब बजेट विनियोजन गरिएको बताए । कुल बजेटमा चालुतर्फ विनियोजित बजेटको हिस्सा ४५ प्रतिशत, पुँजीगततर्फ ५१ प्रतिशत र वित्तीय व्यवस्था ४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

उक्त विनियोजनको लागि स्रोत व्यवस्थापन गर्न कर राजस्व २३ अर्ब ८२ करोड १८ लाख, अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख ३१ हजार, संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदान प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, विविध १ अर्ब ५ करोड ९ लाख ९६ हजार र चालु आर्थिक वर्षको राजस्व बचत ९ अर्ब १० करोड प्राप्त हुने अनुमान रहेको उनले बताए । प्रदेश सरकारले स्थानीय तहलार्ई वाग्मती प्रदेशले ७ अर्ब ५० करोड वित्तीय हस्तान्तरण अनुदान दिने भएको छ । वाग्मती प्रदेका स्थानीय तहले प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ १ अर्ब ५० करोड, समपूरक २ अर्ब ९२ करोड, प्रदेश विशेष अनुदान ४२ करोड र ससर्त अनुदान २ अर्ब ६६ करोड पाउने मन्त्री ढुंगेलले बताए ।

आगामी आर्थिक वर्ष २०७८÷ ०७९ को बजेट प्रस्तुत गर्दै मन्त्री ढुंगेलले सवारीसाान करबाट स्थानीय तहलाई ४ अर्ब ३३ करोड राजस्व बाँडफाँड हुने अनुमान रहेको बताए । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ । प्रदेशका नागरिकलाई खोपको लागि बजेट विनियोजन गर्ने, अस्पतालको सेवा–सुविधामा स्तरोन्नति, कोभिड–१९ को परीक्षणको लागि पीसीआर ल्याब स्थापनालगायत बजेटको प्राथमिकतामा परेको छ । यस्तै, कृषि क्षेत्रलाई पनि प्रदेश सरकाले प्राथमिकतामा राखेको छ ।

चितवन, माडीको अयोध्यापुरीको विकासको लागि केन्द्र सरकारसँग मिलेर पूर्वाधार निर्माण गर्ने प्रदेश सरकारले घोषण गरेको छ । प्रदेश सरकारले कोभिड–१९ खोपको लागि २ अर्ब बजेट विनियोजन गरेको छ । कोभिड–१९ खोपमा प्रदेशवासीको पहुँच पुर्‍याउन कोभिड–१९ प्रदेश प्रमुख खोप कार्यक्रममार्फत नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशका सबै नागरिकलाई कोभिड–१९ खोप प्रदान गर्न २ अर्ब बजेट विनियोजन गरेको उनले बताए ।

यस्तै, सहुलियतपूर्ण कर्जाको लागि २ अर्ब बजेट विनियोजन गरिएको छ । बैंक तथा वित्तीय संस्थाको सहकार्यमा प्रदेश सरकारबाट सञ्चालित उत्पादन तथा रोजगार कार्यक्रम सञ्चालनको लागि सहुलियतपूर्ण ऋण प्रवाह गर्ने कार्यक्रमलाई निरन्तरता उक्त बजेट विनियोजना गरिएको हो । उनले कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको क्षति न्यूनीकरण गर्न लक्षित वर्ग र क्षेत्र विशेष पुनरुत्थान र पुनर्भरण कार्यक्रम सञ्चालन गर्ने घोषण गरे । त्यस्तै, ४० वर्षमुनि युवालाई लक्षित गरी सहुलियतपूर्ण कर्जा र सीप विकास तालिमको लागि बजेट व्यस्था गरेको उनले बताए ।

प्रदेश सरकारले कोभिडले आमा–बाबु गुमाएका बालबालिकालाई स्थानीय तहको सहकार्यमा मासिक ३ हजार रुपैयाँ शैक्षिक तथा समाजिक भत्ता दिने भएको छ । यस्तै, अन्य कारणले आमा–बाबु गुमाएका बालबालिकालाई २ हजार सामाजिक सुरक्षा भत्ता दिइने उनले बताए । कोभिड–१९ को असार कम गर्न सार्वजनिक यातायात सञ्चालन गर्ने व्यक्ति तथा फर्मले आर्थिक वर्ष २०७८÷ ०७९ को सवारी–साधन कर २०७८ फागुन मसान्तभित्र बुझाएमा नवीकरण दस्तुर छुट दिएर नवीकरण गर्ने व्यवस्था गरिने बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.