विश्वमा फैलिएको कोभिडको महामारीले हाम्रो मुलुक पनि अछुत रहेन । यतिखेर नेपाली जनजीवनलाई अस्ताव्यस्ता बनाएको छ । जनताको रक्षा गर्नुपर्ने सरकारमा रहेकाहरु भने आफ्नो पद, कुर्सी र स्वार्थको पछि लागेर जनताको आवश्यक आधारभूत अधिकारमाथी नै खेलबाड गरिरहेका छन् । सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो हैकमवाद मच्चाउँदै आफ्नो पार्टी र आम नेपाली आन्दोलनले ल्याएको गणतन्त्रमाथी र लोकतन्त्रमाथी नै अंकुश लगाउँदै गएको छ ।
हजारौ हजार जनताको बलिदान र आन्दोलनले प्राप्त गरेको उपलब्धीहरुलाई यहाँका प्रधानमन्त्री लगायत केही छोटे राजाहरुले आफ्नो हर्कत देखाएर तमाम श्रमजीवि उत्पीडित वर्गहरुको नाङ्गो शरिरमा रगत चुस्न छोडेनन् । २००७ सालदेखिको २०७८ सालसम्म आईपुग्दा पनि जनताको आशा पूरा हुन सकेन । जनआन्दोलनमा उठेका माग र नाराहरुलाई आम जनताको भावनासंग खेलबाड गरी संसद विघटन गर्नु संघर्षबाट प्राप्त भएका उपलब्धीहरुलाई संस्थागत गर्न नसक्नु पुरातनवादी सोँच हो ।
देशमा राजनीतिक खिचातानीका कारण जनताले बाँच्न पाउने अधिकार सम्मको प्रत्यभूति गर्न पाएका छैनन् । जनता मालिक हुनुपर्ने ठाउँमा दासको जस्तो जीवन बिताउन बाध्य छन् । विचार सिद्धान्त जननेता मदन भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवाद वैचारिक हतियार सबैलाई परास्त गर्न सक्ने विचारको अझ झनै नेपाली इतिहासमा दुई तिहाई बहुमत प्राप्त भएको सरकार त्यसमा तपाई राष्टवादी यो सब केका लागि थियो ?
यहाँकै नेतृत्वमा दुई कम्युनिष्ट पार्टीहरु एमाले र नेकपा माओवादी केन्द्रलाई एक साथ एकिकृत गरी विशास बनायौ र नेपालको चुच्चे नक्सा छापेर साँच्चीकै सबै नेपालीको मनमनमा बस्न सफल भयो । यो राम्रो कुरा हो । यी यावत प्रश्नहरुले हामी जस्तो कार्यकर्ताको मन घोत्लिन्छ । यो पार्टी बनाउन जति हाम्रो मेहनत छ भोकै नभनी खाली खुट्टा हिडेर आफ्नो सन्तानको माया मारेर देश र जनताका लागि खटेका छन् । खै यिनीहरुले गरेको त्याग र बलिदान भएको एमाले पनि छिन्नभिन्न पारेर कस्तो खालको हैकमवादको यात्रामा हिड्न थालेका छन् ।
हामी जस्ता लाखौँ कार्यकर्ताहरु जो आजसम्म कुनै स्वार्थ नलिईकन पार्टीका लागि रातदिन खटेका छन् । अहिले पार्टीको विधान एकापट्टि पार्टीको घोषणा अर्कोपट्टि यसले गर्दा राष्ट्रियतामा चौतर्फी खतरा रहेको छ । देश टुक्रयाउने धम्की, देशको अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको, जनताको टाउँकोमा ऋणको भारी बोकाउनु कृतिम मूल्यवृद्धि गरी गरीब, बेरोजगारीहरु महामारीले जीवन अत्यन्त कष्टकार बन्दै गएको बेला सर्वहारा जनताको अभिभावकको रुपमा उदय भएको एमालेलाई आफ्नो स्वार्थ र कुण्ठमा धुमिल बनाउने अधिकार ओलीलाई छैन् ।
हामी जनता रातदिन दुःख मेहेनत गरी कमाएको पैसाबाट राजस्व उठाएर राज्यको अर्थतन्त्रमा सहयोग गरेता पनि त्यसको दुरुपयोग गरी ब्वासोझै मोटाएर बसेका छोटे राजाहरुलाई आम जनताले माफी दिने छैन् । जनता भोकमारी र स्वास्थ्य संकटको बेला मनोमानी कृतिम मूल्यवृद्धि, स्वास्थ्य सामग्रीमा अनिमियतता लगायत भ्रष्ट्रचारको गन्ध जताततै छ के यी र यस्ता गतिविधि गर्नलाई प्रधानमन्त्री बनेको हो ? प्रधानमन्त्री लगायत नेतृत्व पंक्तिमा जनताप्रति गम्भीरता किन आएन ?
देशमा प्रतिगमन बढाउने काम भएको छ ।
२०६२÷६३ को उपलब्धी गुम्ने डर छ । गरीबीको रेखामुनी रहेको नेपालीहरु विदेशी भूमिमा दश नाङ्ग्रा खियाएर परिवार पालिरहेका छन् । वृद्ध आमाबुबा र बोली पनि नफुटेको बालबच्चा र महिलालाई छाडेर विदेश पलयान भएका आत्महरुका बारेमा कहिल्यै सोच्नुभएको छ ? देशको कार्यकारी भूमिका निभाउनुपर्ने प्रधानमन्त्री देश र जनताको भन्दा आफ्नो पद, कुर्सी र नातेदारलाई नियुक्ति गर्नमै तल्लिन छन् । आखिर मरेर जाने एकदिनको चोलामा राम्रो बनेर आफ्नो कार्यकाल सफल बनाउनेतर्फ लाग्ने कि ?

