जेठ १५, काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७८÷ ०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् । सबै नेपालीलाई निःशूल्क खोपका लागि उक्त रकम विनियोजन गरेको उनले बताए ।