न्यूयोर्क । यहाँ सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को विजेता मोनिका घले घोषित भएकी छिन् । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि अन्तिम १७ प्रतियोगीको छनोट गरिएको थियो ।
प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ कि फस्ट रनरअप सुजाता लामा र सेकेन्ड रनरअप सिर्जना राई घोषित भएका छन । मिस नेपाल नर्थ अमेरिकाको अन्तिम प्रतियोगिता न्यूयोर्कस्थित प्रसिद्ध मेलरोज बलरुममा अगस्ट ११ तारिखमा भएको हो ।
अन्तिम १७ जना प्रतियोगीहरु अमेरिका, मेक्सिको र क्यानडाबाट समेत सहभागी थिए । पहिलो चरणमा १७ जना प्रतियोगीहरु सहभागीमध्ये दोस्रो चरणमा १० जना पुगेका थिए ।
दोस्रो चरणमा पुगेका १० जनामध्ये अन्तिम चरणमा ५ जना पुगेका थिए । तिनैमध्येबाट मिस नेपाल नर्थ अमेरिका २०१८ कि विजेता घोषित गरिएको थियो ।