एनआरएनए आई.सि.सि. सदस्यमा संजिव श्रेष्ठको उम्मेदवारी दर्ता

बैशाख २०, काठमाडौँ ।  वर्तमान एनआरएनए एनसिसि अमेरीकाका पूर्व क्षेत्रका क्षेत्रीय कमिटी संयोजक संजिव कुमार श्रेष्ठले गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

नेपालको सिराहामा जन्मिएका श्रेष्ठ जुडो खेलका राष्ट्रिय खेलाडी हुन् । सामाजिक कार्य बिशेष गरी प्रवास (अमेरीका) मा रहेका नेपालीहरुको हित र सहयोगको लागी अहोरात्र समर्पित हुने श्रेष्ठले अहिले सम्म ४६ पटक रक्तदान गरेको बताउनु हुन्छ । २६ बर्ष अमेरिकामा बिताएका श्रेष्ठ न्यूजर्सी बस्दै आएका छन्। नेपाली जनसम्पर्क समिति अमेरिकाको पनि गतिबिधिमा सक्रिय रहेका पछिल्लो समय एनआरएनए एनसीसी अमेरिकाको २०१३-१५ कार्यकालमा सहकोषाध्यक्ष, २०१५-१७ कार्यकालमा एनआरएनए आइसिसी अमेरिकाज खेलकुद समिती क्षेत्रको क्षेत्रीय संयोजक र २०१९-२१ कार्यकालमा एनआरएनए एनसीसी अमेरिका पूर्व क्षेत्रको क्षेत्रीय कमिटी संयोजक (RCC) भएर काम गर्दै आएका थिए ।

श्रेष्ठ २०१५ को एनआरएनएको विश्वो सम्मेलन तथा महाधिवेशनमा अमेरिकाको प्रतिनिधि भएर काठ्माण्डौ गएका थिए।यो पटक संजीव कुमार श्रेष्ठ गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्य पदमा उम्मेदवार दिएका छन् । श्रेष्ठ भन्छन , मैले जिते पनि नजिते पनि म गैर आवाशिय नेपालीहरुको हित र सेवाको निमीत्त सधै तत्पर रहदै सेवामा समर्पित हुनेछु , तर पनि मेरो जित र एनआरएन अन्तराष्ट्रिय समन्व परिषदमा सहभागीले मलाई थप हौसला प्रदान गर्नेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.