वैशाख १९, काठमाडौँ । युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरिकाको नेतृत्वमा अमेरिकामा बस्ने राई हरुले अमेरीकाको जनगणना सन् २०२० मा धर्मको महल मा ‘किरात ’ लेखेको कुरा युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरिकाको सभापती मुना राईले बताउनु भएको छ । हालै किरात राई यायोखा कतारले आयोजना गरेको भर्च्युएल अन्तरक्रियामा उहाले उक्त कुरा बताउनु भएको हो ।

अमेरीकामा अर्गनाइजेसनले किरात राई हरुको अस्तित्वको लागी हरेक कार्यक्रम गरी रहेको कुरा उहाले बताउनु भयोरउहाले संसार भरीका राई हरुले जनगणनामा जातीको महलमा राई र धर्मको महलमा किरात लेख्नु पर्ने कुरामा समेत जोड दिनु भयो । किरात राई ययोखा अध्यक्ष दिवस राईले नेपालमा भइ रहेको १२ औं रास्ट्रिय जनगणनाको सन्दर्भमा भएको प्रशिक्षणात्मक अन्तरक्रियामा नेपालमा हुने आगामी जनगणनामा सबै सचेत भइ जातीको महलमा राई धर्मको महलमा किरात लेख्नु पर्ने कुरा बताउनु भयोर किराया कतार अध्यक्ष बिमल राईको सभापतित्वमा भएको उक्त अन्तरक्रियामा लगभग १२ देशबाट प्रतिनिधित्व रहेको थियोर अमेरीकाबाट युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरीकाको तर्फबाट सभापती मुना राई र नेपालको भ्रमणमा रहनु भएको महासचिव जय राईले सहभागीता जनाउनु भएको थियो ।
यसरी नै युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरीका न्यु इंग्ल्याण्ड च्याप्टरले स्थानीय सिटिले आयोजना गरेको विश्व पृथ्वी दिवस २०२१ को उपलक्षमा आयोजना गरेको सडक सर सफाई कार्यक्रममा सहभागीता जनायो । न्यु हेम्प्शायर राज्यको स्टेट रिप्रेजेण्टेटिभ क्यासेन्द्र लेभेक्युले अर्गनाइजेसन तथा परिवारलाई धन्यवाद दिंदै आगामी दिन हरुमा पनि सहयोगको अपेक्षा गर्नु भयोर अर्गनाइजेसन सभापती मुक्ति राईको नेतृत्वमा सदस्यहरु सहभागी भएका थिए ।
सुरेश चाम्लिङ्ग
न्यु हेम्प्शायर बाट

