किराँत याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा सुमन थाम्सुहाङ

बैशाख १४, न्यूयोर्क। किराँत याक्थुङ चुम्लुङ अमेरीकाले सुमन थाम्सुहाङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अप्रिल २५ मा न्यूयोर्कमा सम्पन्न आठौ महाधिवेशनले थाम्सुहाङको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा निर्वाचित गरेको हो ।

महाधिबेशनले आगामी २ वर्षको कार्यकालको लागि बरिष्ठ उपाध्यक्षमा युगेश लिङदेन लिम्बू, उपाध्यक्षमा ममता सुब्बा लाबूङ, महासचिवमा सूर्य लिङदेन लिम्बू, सचिवमा दिपक थेबे लिम्बू, कोषाध्यक्षमा पि. के थक्लुङ लिम्बू, सहकोषाध्यक्षमा लाजिमा सुब्बा नाल्बोलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा साबि लिङदेन लिम्बू, विमल चेम्जोङ लिम्बू, मणि लिबाङ लिम्बू, निर्मला कन्दङवा लिम्बू, बिवश माङमू लिम्बू, बानू तुम्बाहाम्फे लिम्बू, सम्झना लाबूङ लिम्बू, जिवन खजुम लिम्बू, सोनु पयाङगू लिम्बू र कृष्ण फोम्बो लिम्बू, निलम जबेगु योङ्हाङ सर्बसहमतिमा निर्वाचित भएका छन् भने बाकी ३ जना आगामी कार्यसमितिको पहिलो बैठकद्वारा मनोनित गर्ने बताइएको छ ।

कियाचु निवर्तमान अध्यक्ष विरेन्द्रहाङ लाबुङ लिम्बुको अध्यक्षतमा सम्पन्न आठौ महाधिवेशनको प्रमूख अतिथिको रूपमा रहेका नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाका अध्यक्ष लोक चेम्जोङले परदेशमा सामुदायिक संघ संस्थाले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । उनले कियाचु अमेरीकाको अबको कार्यभार अमेरीकाको मूलधारमा लिम्बु कला संस्कृति र पहिचानलाई स्थापित गर्दै नया पुस्तामा पुस्तान्तरण गर्दै लैजानु नै सबैको मुख्य कर्तव्य रहेको बताए । चेम्जोङले नेपालमा याक्थुङ लाजेमाको पहिचान माथी राज्यसत्ताद्वरा गरिएको सांस्कृतिक अतिक्रमणहरूको विरूद्धमा सशक्त आवाज उठाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।

कियाचु अमेरीकाका कानुनी सल्लाहकार दुर्गा सुब्बाको संयोजकत्वमा रहेको निर्वाचन समितिमा सदस्यहरू मुनिन्द्र नेम्बाङ र गणित सुब्बाले बन्दशत्रको संचालन तथा निर्वाचन प्रक्रियामा रहेर महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । महाधिवेशनको उद्घाटन सत्रमा किराँत राई सोसाइटी अफ अमेरीकाका अध्यक्ष राम राई, तामाङ सोसाइटी अफ नर्थ अमेरीकाका अध्यक्ष लक्यान लामा, युनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरीका न्यूयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई, कियाचु पूर्वअध्यक्ष देवेन्द्र सम्बाम्फे र कानुनी सल्लाहकार दुर्गा सुब्बाले महाधिवेशन सफलताको शुभकामना दिएका थिए ।

त्यस्तै नवनिर्वाचित कार्यसमितीलाई तुम्याहाङ प्रेम मेयाङबो, मदत सम्बाम्फे, केशरमान लिम्बु, निर्वाचन समिति सदस्य मुनिन्द्र नेम्बाङ, गणित सुब्बा साथै कियाचु पूर्व उपाध्यक्ष पुष्पलत्ता थाम्सुहाङले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष सुमन थाम्सुहाङ लिम्बुले आगामी आफ्नो कार्यकालमा कियाचुको आफ्नै चुम्लुङ हिम निर्माण गर्ने र यसको सुरूवात आफैबाट गर्ने भन्दै पाँच हजार डलर दिएर सुरूवात गरेको घोषणा गरे का थिए ।नेपाली अमेरीकन समुदायमा सधै एकढिक्का भएर समुदायको सेवामा समर्पित चुम्लुङ सन २००४ सालमा स्थापना भएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.