बैशाख ९, काठमाडौं । गैर आवासिय नेपाली संघ अमेरिकाको न्युयोर्क च्याप्टर २०२१-२३को लागी अध्यक्ष पदमा शिव बाँनियाले उम्मेदवारी दर्ता गराएका छन्। कास्कीको सराङकोटमा जन्मिएका बाँनियाले न्युयोर्क पाईला टेकेको समय देखी हालसम्म प्रवासी नेपालीहरुको हरेक दुख सुखमा हातेमाले गर्दै आईरहेका छन्। नेपालमा पनि विभिन्न विपद पर्दा अमेरिकामा रकम संकलन गरि पीडित सामु पुर्याउन महत्वपुर्ण भुमिका खेल्दै आइरहेका छन् ।
एनआरएनलाई राम्रो एनआरएन बनाउन तथा समग्र नेपाली डायस्पोरालाई एकतावद्ध बनाउन आफुले उम्मेदवारी दर्ता गराएका बानियाँले बताए । आफुलाई मतदानगरि सहयोग गर्न उनले गैर आवासिय नेपाली संघ अमेरिकाको न्युयोर्कमा बसोवास गर्ने सम्पुर्ण नेपालीलाई अनुरोध समेत गरेका छन् ।
बॅानियाको कडा प्रतिद्वन्दीको रुपमा न्युयोर्क च्याप्टरमा उपाध्यक्षको रुपमा सेवा पुर्याईसकेका अर्का अध्यक्षका प्रत्यासि विष्णु राना मगरलाई लिईएको छ ।

